पाल्पाली समाज यूएईद्वारा छिमेकी जिल्लासँग सहकार्य सुदृढ गर्दै विभिन्न संस्थालाई सम्मान

Pitambar Subedi

26 May 2026

/ 6:22 am

११औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा यूएईस्थित नेपाली संघ–संस्थाबीचको एकता, समन्वय र आपसी सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्य व्यक्त

पिताम्बर सुबेदी, पाल्पा | २०८३ जेठ १२

दुबई, यूएई | २४ मे २०२६ — पाल्पाली समाज यूएईले आफ्नो ११औँ वार्षिकोत्सवको अवसरमा यूएईमा क्रियाशील विभिन्न जिल्लागत तथा प्रदेशगत संस्थाहरूसँगको सहकार्य, समन्वय र आपसी सम्बन्धलाई उच्च मूल्याङ्कन गर्दै सम्मान कार्यक्रम आयोजना गरेको छ।

दुबईस्थित जया किचेन रेष्टुरेन्टमा सम्पन्न उक्त समारोहमा प्रवासमा रहेका नेपाली संघ–संस्थाबीचको एकता, सहकार्य र सामाजिक समन्वयलाई अझ सुदृढ बनाउने उद्देश्यका साथ विभिन्न संस्थागत प्रतिनिधिहरूलाई सम्मान गरिएको हो।

कार्यक्रममा नेपाली समाज यूएई, लुम्बिनी प्रदेश समाज यूएई, अर्घाखाँची सम्पर्क समिति यूएई, दाङ देउखुरी सेवा समाज यूएई, गुल्मी सेवा समाज यूएई, कपिलवस्तु समाज परिषद यूएई, नवलपरासी सेवा समाज यूएई, प्युठान स्वर्गद्वारी सेवा समाज यूएई, रोल्पाली सेवा समाज यूएई, रुपन्देही सेवा समाज यूएई, वल्कोट अर्घाखाँची सम्पर्क समिति यूएई, देवदह समाज यूएई, सैनामैना समाज यूएई, शितगंगा सम्पर्क समिति यूएई, भूमिकास्थान सम्पर्क समिति अर्घाखाँची यूएई, स्याङ्जा सहयोग समाज यूएई तथा नवलपुर सेवा समाज यूएईलगायतका संस्थाका प्रतिनिधिहरूलाई सम्मान गरिएको थियो।

पाल्पाली समाज यूएईले विगतदेखि नै विभिन्न जिल्लागत तथा प्रदेशगत संस्थाहरूसँग सहकार्य गर्दै सामाजिक, सांस्कृतिक र समुदायमुखी गतिविधिहरू सञ्चालन गर्दै आएको छ। संस्थाले आगामी दिनमा पनि आपसी समन्वय, सहकार्य र भ्रातृत्वलाई अझ सुदृढ बनाउँदै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रवासमा रहेका नेपालीहरूबीच एकता, सहअस्तित्व र सामूहिक पहिचानलाई मजबुत बनाउन यस्ता संस्थागत सहकार्य र सम्मान कार्यक्रमहरूले महत्वपूर्ण भूमिका खेल्ने विश्वास पाल्पाली समाज यूएईले व्यक्त गरेको छ।

पाल्पाली समाज यूएई

chat-in-website
Need Help? Chat with us
chat-in-website
Need Help? Chat with us