८ औँ वार्षिकोत्सव तथा विविध कार्यक्रम भव्यताका साथ सम्पन्न

Kailash Aryal

30 Apr, 2023

/ 4:59 pm

पाल्पाली समाज युएईको ८औँ वार्षिकोत्सव तथा विविध कार्यक्रम भव्यताका साथ सम्पन्न

पाल्पाली समाज युएईको ८औँ वार्षिकोत्सव तथा विविध कार्यक्रम मितिआइतबार का दिन बर दुबईस्थित हेरिटेज होटलमा भव्य र सफलतापूर्वक सम्पन्न भएको छ।

यस ऐतिहासिक अवसरलाई सफल बनाउन अहोरात्र खटिनुहुने समाजका आदरणीय अग्रजज्यूहरू, सहकर्मी पदाधिकारी साथीहरू, सम्पूर्ण पाल्पाली मनहरू तथा हाम्रो निमन्त्रणालाई स्वीकार गरी आफ्नो अमूल्य समय दिएर उपस्थित हुनुहुने सम्पूर्ण अतिथि महानुभावहरूप्रति पाल्पाली समाज युएई हार्दिक नमन तथा धन्यवाद व्यक्त गर्दछ। आगामी दिनमा आयोजना हुने कार्यक्रमहरूमा समेत यस्तै सहयोग र सद्भावको अपेक्षा राख्दछौँ।
पाल्पाली समाज युएई, युएईमा क्रियाशील संस्थाहरूमध्ये एक अग्रणी संस्था हो। सन् मा जाबेल पार्कमा अध्यक्षखुमबहादुर आले, महासचिव बेदप्रसाद अर्याल कोषाध्यक्षकैलाश अर्याल तथा १७ सदस्यीय कार्यसमिति सहित समाजको स्थापना गरिएको थियो।

प्रमुख अतिथिको मन्तव्य

८औँ वार्षिकोत्सवका प्रमुख अतिथिले समाज स्थापनाको पृष्ठभूमिबारे स्मरण गर्दै भन्नुभयो— युएईमा विभिन्न संघसंस्था तथा सांगीतिक कार्यक्रमहरू भइरहेका अनुकूल वातावरणमा पाल्पाली समाज युएईको खोजी तथा परिकल्पना गरिएको थियो। यस क्रममा पहिलोपटक गीतामणि पाण्डेज्यूसँग सम्पर्क भई, सामाजिक कार्यप्रति समान सोच राख्ने व्यक्तित्वहरूबीच पटक–पटक छलफल र भेटघाटपछि आजको यस संस्थाको रूपरेखा तयार भएको उहाँले उल्लेख गर्नुभयो।

उहाँले थप्दै भन्नुभयो— पाल्पाली समाज युएईले युएईको इतिहासमा स्मरणीय र ऐतिहासिक कार्यक्रमहरू आयोजना गरेको छ। विशेष गरी, पहिलो वार्षिकोत्सवमा नारायण रायमाझीजमुना रानालाई आमन्त्रण गरी पञ्चेबाजा सहितको सांस्कृतिक कार्यक्रम युएईमा पहिलोपटक सफलतापूर्वक सम्पन्न गरिएको, साथै दोस्रो कार्यक्रमको रूपमा दशैं तथा शुभ–दीपावली शुभकामना आदान–प्रदान कार्यक्रम जाबेल पार्कमा आयोजना गरिएको, जुन आज पनि उदाहरणीय र ऐतिहासिक रहेको स्मरण गर्नुभयो।

कार्यक्रम सञ्चालन र प्रस्तुतिहरू

८औँ वार्षिकोत्सव कार्यक्रमका संयोजक कृष्णप्रसाद तिमिल्सिना रहनु भएको थियो भने कार्यक्रम सञ्चालन समाजका महासचिव खुमप्रसाद न्यौपानेले गर्नु भएको थियो। कार्यक्रमको सुरुवात दीपप्रज्वलन, राष्ट्रिय गान तथा केक काट्ने कार्यक्रमसहित गरिएको थियो।

संयोजक तिमिल्सिनाको स्वागत मन्तव्यसँगै सुरु भएको कार्यक्रममा वार्षिक प्रतिवेदन सचिव तिलकराम बस्यालले प्रस्तुत गर्नुभयो भने आर्थिक प्रतिवेदन कोषाध्यक्ष दिल्ली राज भट्टराईले प्रस्तुत गर्नुभयो। प्रस्तुत प्रतिवेदनहरूलाई उपस्थित पाल्पाली तथा गैर–पाल्पाली महानुभावहरूले जोडदार तालीका साथ स्वागत गर्नुभयो।

कार्यक्रममा नवलपरासी समाजका अध्यक्ष, जनजाति महासंघका अध्यक्ष, नेपाली समाज युएईका प्रवक्ता, बिजनेस काउन्सिलका कोषाध्यक्ष, समाजका संरक्षक कृष्णप्रसाद आचार्य, उप–संरक्षक तथा संस्थापक अध्यक्ष खुमबहादुर आले र सल्लाहकार बरुण खानलगायत वक्ताहरूले पाल्पाली समाज युएईको खुलेर प्रशंसा गर्दै आवश्यक सुझाव, हौसला र शुभकामना व्यक्त गर्नुभयो।

विशेष प्रस्तुति

कार्यक्रमको मुख्य आकर्षणका रूपमा पिताम्बर सुबेदीले पाल्पा जिल्लाको सिमाना, चिनारी, भौगोलिक अवस्था, जनघनत्व तथा पाल्पाली समाज युएईले गरेका गतिविधिहरूलाई समेटेर स्लाइड तथा भिडियो प्रस्तुतिमार्फत छोटो समयमै पाल्पा भ्रमण गराउनुभएको थियो। उक्त प्रस्तुतीको एकेन्द्र थापाले खुलेर प्रशंसा गर्दै अन्य समाजहरूले पनि यस्ता कार्यबाट प्रेरणा लिनुपर्ने उल्लेख गर्नुभयो।

विशेष अतिथिका रूपमा आसनग्रहण गर्नुभएका थापाले पाल्पा र स्याङ्जाबीचको नजिकको सम्बन्धलाई रोचक शैलीमा प्रस्तुत गर्दै, कार्यक्रममा करिब ३० प्रतिशत सहभागिता स्याङ्जाली रहेको बताउनु भएको थियो।



प्रमुख अतिथिको समापन मन्तव्य

प्रमुख अतिथि, नेपाली समाज युएईका अध्यक्ष तथा समाजका प्रमुख सल्लाहकार बेदप्रसाद अर्यालले समाजको सुरुवाती अवस्था देखि हालसम्मको यात्राबारे विस्तृत मन्तव्य व्यक्त गर्नुभयो। उहाँले समाज व्यक्ति विशेषभन्दा माथि रहने संस्था भएकाले, सबैले आ–आफ्नो कार्यकालमा इमान्दारीपूर्वक योगदान दिनुपर्ने सल्लाह र हौसला प्रदान गर्नुभयो।

सम्मान तथा समापन

कार्यक्रममा दुबईमा आयोजना हुने राष्ट्रिय खेल भलिबल प्रतियोगितामा सहभागी भई समाजको प्रतिनिधित्व गर्ने भलिबल टिम संयोजक लोकबहादुर बंशीसहित सम्पूर्ण खेलाडीहरूलाई सम्मान गरिएको थियो।

समापन मन्तव्यमा सभापति कैलाश अर्यालले पाल्पाली समाज युएईका सदस्यहरूको एकता नै समाजको सफलता भएको उल्लेख गर्दै, कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण सदस्यहरूलाई धन्यवाद व्यक्त गर्नुभयो। उहाँले ८औँ वार्षिकोत्सव कार्यक्रम अत्यन्तै रोचक, उल्लासमय र सफल रहेको घोषणा गर्दै, प्रमुख अतिथि पूर्व अध्यक्ष हुनुले समाजको गौरव बढाएको बताउनुभयो र उपस्थित सबैप्रति धन्यवाद ज्ञापन गर्दै कार्यक्रमको औपचारिक समापन घोषणा गर्नुभयो।



chat-in-website
Need Help? Chat with us
chat-in-website
Need Help? Chat with us