पाल्पाली ढाकाको तेस्रो वार्षिकोत्सव तथा पाल्पाली समाज यूएईको वेबसाइट औपचारिक शुभारम्भ ।
25 Jan, 2026
पाल्पाली ढाकाको तेस्रो वार्षिकोत्सव तथा पाल्पाली समाज यूएईको वेबसाइट औपचारिक शुभारम्भ ।
२५ जनवरी २०२६-
पाल्पाली समाज यूएई द्वारा संचालित ढाका बचत समूहले आफ्नो तेस्रो वार्षिकोत्सव र नयाँ वेबसाइटको लन्च कार्यक्रमको अवसरमा सम्पूर्ण पाल्पाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई गरिमामय उपस्थितिको लागि सादर निमन्त्रणा गर्दछ।
यस कार्यक्रममा हामीले हाम्रो सांस्कृतिक पहिचान, समाजका उपलब्धिहरू, र भविष्यका योजनाहरूलाई समुदायसँग साझा गर्ने अवसर पाउनेछौं।
कार्यक्रममा विशेष आकर्षणहरू
केन्द्रिय तथा क्षेत्रीय समितिका पदाधिकारीहरूको उपस्थिति
समाजका वार्षिक उपलब्धि, सेवा कार्यक्रम र परियोजनाहरूको प्रस्तुति
वेबसाइटको औपचारिक लन्च र नविनतम डिजिटल सामग्रीको प्रदर्शनी
सांस्कृतिक कार्यक्रम
नेपाली परिकारको खाना
“खोजि प्रतिभा” अन्तर्गत प्रतिभा प्रदर्शन: सहभागीहरूले आफ्नो गला/कला प्रदर्शन गर्ने अवसर
समय र स्थान
📅 २५ जनवरी २०२६
📍 स्थान: करामा – बस स्टेसन नजिकै
पाल्पाली समाज यूएईले सबै पाल्पाली दाजुभाइ, दिदीबहिनी, शुभेच्छुक र सहयोगी मित्रहरूलाई हार्दिक निमन्त्रणा गर्दछ।
हामीसँग जोडिनुहोस्, आफ्नो संस्कृति र पहिचानलाई अझ मजबुत बनाऔं।
