तिलोत्तमा माध्यमिक विद्यालय, जुम्सा
30 Oct 2018
/ 4:25 pm
अक्टोबर महिनाको ३० गते तिलोत्तमा माध्यमिक विद्यालय, जुम्सा अक्षयकोष हस्तान्तरण !
गरिब तथा जेहन्दार विद्यार्थीहरूको सहयोग र सम्मान गर्ने उद्देश्यले स्थापना गरिएको अक्षयकोष हस्तान्तरण कार्यक्रम अत्यन्तै सभ्य र भव्य रूपमा सम्पन्न भएको हो।
उक्त कार्यक्रममा पाल्पाली समाज युएईको तर्फबाट समाजका अध्यक्ष श्री बेदप्रसाद अर्यालज्यू, वरिष्ठ उपाध्यक्ष श्रीमती ओम कुमारी खाँडज्यू तथा क्षेत्रीय समिति अबुधाबीका कोषाध्यक्ष श्री नारायण पराजुलीज्यूको गरिमामय उपस्थिति रहेको थियो।
