कालिका आधारभूत विद्याल-रिब्दीकोट गाउँपालिका

Kailash Aryal

15 May 2018

/ 4:36 pm

पाल्पाली समाज यूएईद्वारा कालिका आधारभूत विद्यालय, ख्याहामा अक्षयकोष हस्तान्तरण

रिब्दीकोट गाउँपालिका, पाल्पा | जेष्ठ ०२, २०७५

पाल्पाली समाज यूएईले आफ्नो वार्षिक कार्ययोजना अन्तर्गत रिब्दीकोट गाउँपालिकामा अवस्थित कालिका आधारभूत विद्यालय, ख्याहा मा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीहरूको शैक्षिक सहयोग र सम्मानका लागि स्थापना गरिएको अक्षयकोष एक विशेष कार्यक्रमका बीच हस्तान्तरण गरेको छ।

उक्त कार्यक्रम पाल्पाली समाज यूएईको प्रतिनिधित्व गर्दै दुबई समिति अध्यक्ष श्री खगेश्वर पाल्पाली (कान्छा), सदस्य श्री कुल बहादुर केसी तथा श्री श्याम रञ्जन ज्यू को उपस्थितिमा सम्पन्न भएको थियो। उहाँहरू आफ्नो नियमित बिदाको समयमा नेपाल रहँदा पनि समाजप्रतिको जिम्मेवारीलाई प्राथमिकतामा राख्दै कार्यक्रम सफल बनाउन सक्रिय रूपमा संलग्न हुनुभएको थियो।


विद्यालयको सम्पूर्ण कार्यक्रम तथा यातायात व्यवस्थापनमा सहयोग पुर्‍याउनु हुने शिक्षा कार्यालय प्रतिनिधि तथा स्रोत व्यक्ति श्रीमती लक्ष्मी ढुंगाना ज्यू, विद्यालय व्यवस्थापन समिति, अभिभावक संघ, बुद्धिजीवी, प्राधानाध्यापक तथा सम्पूर्ण शिक्षक–शिक्षिकाहरूको भूमिकाले कार्यक्रमलाई अझ प्रभावकारी बनाएको थियो।

पाल्पाली समाज यूएईले यस सहयोगमार्फत विद्यार्थीहरूको शैक्षिक निरन्तरता र उज्ज्वल भविष्यमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।

chat-in-website
Need Help? Chat with us
chat-in-website
Need Help? Chat with us