आगलागी पीडितलाई पाल्पाली समाज यूएईद्वारा ४० हजार रुपैयाँ आर्थिक सहयोग

Kailash Aryal

28 Oct 2019

/ 5:22 pm

आगलागी पीडितलाई पाल्पाली समाज यूएईद्वारा ४० हजार रुपैयाँ आर्थिक सहयोग


यूएई, २८ अक्टोबर २०१९ – पाल्पाली समाज यूएईले पाल्पाको रैनादेवी छहरा गाउँपालिका–६, गुहारथानामा आगलागीबाट प्रभावित दुई परिवारलाई ४० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ।

समाजका प्रथम उपाध्यक्ष कैलाश अर्यालका अनुसार, आगलागी पीडित प्रेमबहादुर रास्कोटी र शेरबहादुर रास्कोटीलाई उक्त सहयोग प्रदान गरिएको हो। गत असोज ३० गते विद्युत सर्ट भई भएको आगलागीमा दुवै परिवारका दुई तले फुसले छाएका घर तथा गोठ पूर्ण रूपमा नष्ट भएका थिए।

यो सहयोग रकम पाल्पाली समाज यूएईका अभियन्ता वेदप्रसाद अर्याल र ओमकुमारी खाँडको समूहले संकलन गरी पठाएको हो। रकम जीवनज्योति निमाविका शिक्षक शंकर पौडेलमार्फत स्थानीय जनप्रतिनिधिहरूको संयोजनमा, समाजका संरक्षक गितामणि पाण्डे, केन्द्रीय कोषाध्यक्ष राजेश गैरे, अबुधाबी क्षेत्र कोषाध्यक्ष दिनेश भण्डारी र रामबहादुर राउतको उपस्थितिमा कात्तिक ८ गते पीडितकै घरमा हस्तान्तरण गरिएको थियो।



chat-in-website
Need Help? Chat with us
chat-in-website
Need Help? Chat with us